कोभिडको कारणले खस्किएको मदिरा व्यवसाय चाडबाडमा समेत सुधार आउन सकिरहेको छैन।
अर्थमन्त्रालयले भर्खरै सार्वजनिक गरेको तथयाङ्क अनुसार चालू वर्षको सुरुको तीन महिना अवधीमा नै मदिरा लगायत अन्त शुल्क लाग्ने वस्तुतर्फको राजश्वमा ४ अर्ब घाटा लागेको हो।
गत वर्षको यहि अवधीमा अन्तशुल्क तर्फको राजश्व ३२ अर्ब ९० करोड रुपैयाँ संकलन भएको थियो तर चालू आर्थिक वर्षको असोज मसान्त सम्ममा २८ अर्ब ९७ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको छ।
चालू आर्थिक वर्षको असोज सम्ममा आन्तरिक तर्फको अन्तशुल्क संकलन १८ अर्ब ४ करोड रुपैयाँ संकलन भएको छ। गत वर्ष यहि अवधीमा आन्तरिक तर्फको अन्तशुल्क तर्फको राजश्व संकलन १८ अर्ब ३३ करोडको थियो। आन्तरिक तर्फको राजश्व भने नघटेको देखिएको छ।
त्यसो त पैठारीबाट संकलन हुने राजश्वमा भने गिरावट आएको अर्थमन्त्रालयले जनाएको छ।
पैठारीबाट संकलन हुने अतशुल्क तर्फको राजश्व गत वर्ष तीन महिनामा १४ अर्ब ५६ करोड रुपैयाँ रहेकोमा यो वर्ष भने १० अर्ब ९३ करोड रुपैयाँ मात्रै संकलन भएको हो।
आयात तर्फको अन्तशुल्क घट्नुको कारण भने सरकारले विदेशी मदिरामा लगाएको बन्देज नै
प्रमुख देखिएको छ। सरकारले चालू आर्थिक वर्षको बजेट माफर्त विदेशी मदिरा बन्देज लगाएको थियो। तर ठिक दसैं अघि भने विदेशी मदिरा आयात खुल्ला गरेको थियो।
Shares
प्रतिक्रिया