ad ad

राजनीति


युद्ध हारेर शान्ति सम्झौता गरेपछि संकटमा अर्मेनिया, प्रधानमन्त्रीमाथि नै ‘देशद्रोह’को आरोप

युद्ध हारेर शान्ति सम्झौता गरेपछि संकटमा अर्मेनिया, प्रधानमन्त्रीमाथि नै ‘देशद्रोह’को आरोप

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १५:४४,

नागोर्नो काराबाखका विषयमा अजरबैजानसँगको युद्ध अन्त्य गर्न प्रधानमन्त्री निकोल पासिन्यानले हस्ताक्षर गर्नेबित्तिकै अर्मेनियामा राजनीतिक संकट चुलिएको छ।

मंगलबार भएको सम्झौताका कारण नागोर्नो काराबाखको केही हिस्सा अजरबैजानको नियन्त्रणमा पुगेपछि अर्मेनियालीहरुमा दुःख र निराशा छाएको छ। सो क्षेत्रमा कम्तीमा पाँच वर्ष रुसी शान्ति सैनिक पनि तैनाथ हुने भएका छन्।

सो समाचार बाहिरिनेबित्तिकै प्रदर्शनकारहिरु संसद् भवनमा प्रवेश गरेका थिए। दोस्रो दिन पनि विपक्षी दलहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रधानमन्त्री पासिन्यानको राजीनमा माग गरेका छन्।

प्रदर्शनकारीहरुले पासिन्यानलाई ‘देशद्रोही’ को संज्ञा दिँदै महाअभियोग लगाउन संसदसमक्ष गुहार लगाएका छन्।

प्रधानमन्त्री पासिन्यानले भने सेनाको आग्रहमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्।

के हो नागोर्नो–काराबाख द्वन्द्व?
नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमिभित्र पर्छ। जसको क्षेत्रफल करिब ४४ सय वर्गकिमी छ। तर, यहाँ अर्मेनियाली जातिको बाहुल्य छ।

सोभियत कालमा सो क्षेत्र स्वायत्त थियो। सोभियत संघ विघटन हुन थालेपछि सो क्षेत्र अजरबैजानकै हुने निर्णय मस्कोले ग¥यो। तर, नागोर्नो काराबाखका बहुसंख्यक अर्मेनियालीले यसलाई अस्वीकार गरे र त्यहाँको विधायिकाले अर्मेनियामा मिसिने निर्णय ग¥यो।

जसलाई अजरबैजान र सोभियत संघ दुवैले अस्वीकार गरे।

तर, सोभियत संघको पतनपछि सन् १९९१ मा अर्मेनियाली सेनाको सहयोगमा पृथकतावादीहरुले सो क्षेत्र कब्जा गरे। उनीहरुले अजरबैजानका ७ जिल्ला समेत नियन्त्रणमा लिए।
युद्धमा करिब ३० हजारको ज्यान गयो।

१९९४ मा शान्ति सम्झौता भयो। तर, त्यसयता पनि बारम्बार युद्ध हुँदै आएको थियो।

यसपटक भने अजरबैजानले टर्कीको सहायतामा नागोर्नो काराबाखको केही हिस्सा नियन्त्रणमा लिएको छ।

पछिल्लो शान्ति सम्झौतालाई अजरबैजानमा जितका रुपमा प्रस्तुत गरिएको छ भने अर्मेनियामा हारका रुपमा। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .