कारोबार


एकै दिन चार अर्बको सेयर कारोबार, सूचक २६ अंकले बढ्यो

एकै दिन चार अर्बको सेयर कारोबार, सूचक २६ अंकले बढ्यो

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १०:२१,

सेयरबजारमा आज एकै दिन चार अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ सय ९६ कम्पनीको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।

आज मंगलबार कुल ३८ हजार ६ सय ३४ पटक सेयर किनबेच भएको छ। कुल १२ समूहमध्ये जलविद्युत् र म्युचुअल फन्डको मात्रै कारोबार सूचक ओरालो लागेको छ। आज लगानीकर्ताको आकर्षण जीवन बीमामा एकोहोरिएको छ। नेप्सेका अनुसार जीवन बीमा सूचक ४७६.३६ अंकले उकालो लागेको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५३ लाखको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीलाई पछ्याएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ५८ लाखको कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरी २० करोडको कारोबार गर्दै तेस्रो सर्वाधिक कारोबारकर्ता बनेको छ भने नेपाल टेलिकमको पनि २० करोडको सेयर किनबेच भएको छ।

कमाइमा भने साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता अगाडि छन्। कम्पनीको प्रतिकित्ता ४ सय ५० रुपैयाँ अर्थात् १० प्रतिशतले सेयर मूल्य बढेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको पनि १० प्रतिशतले सेयर मूल्य बढेको छ। यसबाहेक सानिमा जनरल इन्स्योरेन्स, नेपाल टेलिकमलगायत कम्पनीको सेयर पनि बढेको छ। आज जलविद्युतका लगानीकर्ताले भने गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad