कारोबार


तिहारको तीन दिन बैंक नखुल्ने

तिहारको तीन दिन बैंक नखुल्ने

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १०:१५,

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन्। सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैंकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो। संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मंसिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताउँछन्।

‘हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौँ’, उनले भने।

हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको भन्दै यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको बताएका छन्।

संघले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ।

गत वर्ष दशैँ तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad