कारोबार


मॉ बगलामुखी सहकारीको अध्यक्षमा पुनः लक्ष्मण महर्जन

मॉ बगलामुखी सहकारीको अध्यक्षमा पुनः लक्ष्मण महर्जन

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ८:१,

ललितपुर महानगरपालिका ११ , कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिको अध्यक्षमा पुनः अधिवक्ता लक्ष्मण महर्जन निर्वाचित भएका छन्।

सहकारीको यही कार्तिक २२ गते बसेको ११औंँ वार्षिक साधारणसभाले महर्जनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो।

सहकारी विभागको निर्देशनलाई पालना गरी भर्चुअल विधिबाट महर्जनकोअध्यक्षता र सचिव सुनिल महर्जनको सञ्चालनमा सम्पन्न भएको सहकारीले जनाएको छ।

त्यस साधारणसभाले सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको योगदानका कारण स्थापना भएको ११ वर्षको अवधिमा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिले उल्लेख्य प्रगति गर्न सफल भएको बताए।

उनले फुटसल तथा जिमखाना लगायत सञ्चालन गरिरहेको यो संस्था मार्ट सञ्चालनको दिशामा अगाडि बढेको बताए। सोही सभामा त्यसै संस्थाका कोषाध्यक्ष रुजेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरे। साधारणसभाले ती प्रतिवेदनहरु पारित गरेको छ। आर्थिक वर्ष २०७६÷०७७ मा सो संस्थामा सेयर पुँजी २ कोड ५१ लाख ७ हजार ९ सय रुपैयाँ, निक्षेप संकलन १२ करोड १४ लाख ६३ हजार ४ सय ९५, कर्जा लगानी ११ करोड १७ लाख ८५ हजार ७ सय ७२ र कुल सम्पत्ति १६ करोड ०८ लाख ७६ हजार ०७२ रुपैयाँ रहेको त्यस सभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ।

उक्त साधारणसभाले ४ वर्षे कार्यकाल रहनेगरी पुनस् अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ। सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार, सचिवमा रुजेन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा अञ्जु तण्डुकार तथा सदस्यहरुमा दिनेश महर्जन , मुकेश खड्गी र रविता तण्डुकार छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुवर्ण शाक्य तथा सदस्यमा करुणा महर्जन र दिलीपकुमार श्रेष्ठ चयन भएका छन्।

आफ्नो सुविधा सम्पन्न भवन निर्माण गरेको त्यस संस्थाले फुटसल र जिमखाना सञ्चालन गरिरहेको छ। यसैगरी सोही संस्थाले तःननी बचत तथा ऋण सहकारी संस्था लिसँग सहकार्य गरी ललितपुरको शंखमुलमा लिटिल फ्लावर स्कुल सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad