समाज


भारतीय आर्थिक सहयोगमा धनुषामा लक्ष्मीनियाँ जनता माविको भवन निर्माण

भारतीय आर्थिक सहयोगमा धनुषामा लक्ष्मीनियाँ जनता माविको भवन निर्माण

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ८:१८,

भारत सरकारको २ करोड ६२ लाख आर्थिक सहयोगमा धनुषा जिल्लामा विद्यालय स्थापना गरिएको छ।

कुम्हरौडास्थित श्रीलक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाइ, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरुद्वारा आज संयुक्त रुपमा उद्घाटन गरिएको हो।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा १५ वटा कक्षाकोठा र सरसफाइ सुविधासहितको उक्त तीनतल्ले विद्यालय भवनको निर्माण भएको हो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको दूतावासले जनाएको छ। Laxminiya School Dhanusha 2

भारतले हालसम्म नेपालमा ४२४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये धनुषामा १० वटा गरी प्रदेश नं २ मा ४५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन्। धनुषा जिल्लामा ९ वटा समेत गरी प्रदेश नं २ मा भारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन्।

धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणार्थ मिति २०७६ चैत्र ३ गते सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। नेपाल सरकारले मुखियापट्टी मुसरनिया गाउँपालिकालाई कार्यान्वयन निकायको रुपमानियुक्त गरेको छ भने टेन्डर प्रक्रियापुरा गर्न बाँकी रहेको छ।

Laxminiya School Dhanusha 3

धनुषाको कुम्हरौडास्थित श्रीलक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय सन् १९५६ मा स्थापना भएको हो। विद्यालयमा करिब १ हजार १०७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशतभन्दा बढी छात्रा छन्। यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाइ वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad