कारोबार


उखु किसानकाे भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गराउँछाैँ: उद्योगमन्त्री

उखु किसानकाे भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गराउँछाैँ: उद्योगमन्त्री

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ११:३२,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गृह प्रशासनमार्फत् पक्राउ गराउने दाबी गरेका छन्।

आन्दोलनरत् उखु किसानहरुले मन्त्री भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका थिए। सोहि क्रममा उनले सो धारणा व्यक्त गरेका हुन्

आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रको अगुवाईमा मन्त्री भट्टलाई स्मरण पत्र बुझाइएको हो।

उखु किसानहरुसँग गत वर्ष माघ महिनामा सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै उद्योगमन्त्रीलाई उखु किसानहरुले स्मरणपत्र बुझाएका हुन्।

किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिएका छन्।

मन्त्री भट्टले किसानलाई भने, ‘उखु किसानका भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिनेछ। जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं।’

मधेशकाे श्रद्धाको पर्व ‘छठ’भन्दा अघि किसानहरूको सम्पूर्ण रकम भुक्तानी भएन भने छठ पर्वपछि मंसिर २७ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई सिंहदरबार घेर्ने चेतावनी उखु किसानले दिएका छन्।

‘नेपाल सरकारलाई तुरुन्त निर्धारित अवधिमा रकमको भुक्तानी गराओस्। होइन भने कोरोनाले मर्नु र भोक, ऋणले मर्नु परिणाम एउटै आउने भएकोले हामी निर्णायक आन्दोलन गर्न बाध्य हुने जानकारी गराउन चाहन्छौं’ मन्त्री भट्टराई बुझाइएको स्मरणपत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad