हङकङको रेडियोहरुमा हरेक बिहान बज्नेछ चिनियाँ राष्ट्रिय गान

हङकङको रेडियोहरुमा हरेक बिहान बज्नेछ चिनियाँ राष्ट्रिय गान

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ११:३३,

यसको मतलब अब हङकङका रेडियोहरुमा हरेक बिहान मुख्य क्षेत्र चीनको राष्ट्रिय गान सुन्न सकिनेछ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार हङकङको सार्वजनिक प्रसारक आरटीएचकेले यसै नोभेम्बर महिनाको मध्यबाट हङकङका रेडियोहरुमा बिहान–बिहान चिनियाँ राष्ट्रिय गान प्रसारण हुने जानकारी दिएको छ।

चीनले हङकङका लागि यसैवर्ष नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएको छ। उक्त कानुनअनुसार हङकङमा चीनको राष्ट्रिय झण्डा र राष्ट्रिय गानविरुद्धको गतिविधिलाई अपराधिकरण गरिनेछ।

गतवर्ष हङकङमा मुख्यक्षेत्र चीनविरुद्ध आन्दोलन चर्किएको थियो। त्यसबेला चीनको राष्ट्रिय झण्डा जलाइएको थियो भने स्वतन्त्र हङकङको माग गरिएको थियो।

प्रदर्शनकारीले चीनविरोधी गीतहरु बनाएका थिए जसलाई उनीहरुले हङकङको राष्ट्रिय गान भनेका थिए।

हङकङका रेडियोमा चिनियाँ राष्ट्रिय गान बजाउनुको उद्देश्य दुवै क्षेत्र एक भएको सन्देश दिनु भएको जनाइएको छ। साथै रेडियोहरुले चिनियाँ राष्ट्रिय गानको विरोध गर्नेलाई कारवाही हुने जानकारी समेत दिनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .