कारोबार


बैंकहरुको पहिलो त्रैमासिक रिर्पोट : सुध्रँदै सूचक

बैंकहरुको पहिलो त्रैमासिक रिर्पोट : सुध्रँदै सूचक

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार १३:४२,

नेपालका अधिकांश बैंक तथा वित्तिय संथाहरु पछिल्लो केही वर्षदेखि सकारात्मक सूचकमा रहेका छन्। बैंक तथा वित्तिय संस्थाहरुको नाफा समेत हरेक वर्ष निरन्तर बढि रहेको छ।

तर यो वर्ष कोरोनाको कारणले गर्दा अधिकांश बैंक तथा वित्तिय संस्थाहरुको नाफामा गत वर्षको तुलानामा गिरावट आयो।

चालु आर्थिक वर्षदेखि केहि सुधार गर्न खोजिरहेको बैंक तथा वित्तिय संस्थाहरुलाई सरकारले गरेको दोस्रो चरणको बन्दाबन्दीले गर्दा असर गरको थियो तर अहिले भने अवस्था सुधार हुँदै गैरहेको बैंकहरुले सार्वजनिक गरेको रिर्पोटले देखाएको छ।

बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक रिर्पोट सर्वाजनिक गर्न थालेका छन्। हालसम्म सार्वजनिक गरेका बैंहरुमध्ये नेपाल बैंक लिमिटेडको नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्ष यहि अवधी भन्दा थोरै मात्रै गिरावट आएको छ।

बैंकले सार्वजनिक गरेको रिर्पोट अनुसार ५५ करोड रुपैयाँ खुद नाफा गरेका छ। गत वर्षयही अवधीमा बैंकको यो नाफा ५८ करोड १८ लाख रुपैयाँ थियो। यो वर्ष ५दशमलव ३९ प्रतिशत घटेको छ। बैंकले तीन महिना अवधीमा १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सोही अवधीमा १ अर्ब ३२ करोड रुपैयाँ थियो। बैंकले १ खर्ब ४५ अर्व ४६ करोड निक्षेप संकलन गरेर १ खर्ब ७ अर्व ४ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ।

त्यस्तै प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब एक लाख रुपैयाँ नाफा गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५४दशमलव २४ प्रतिशतले बढी हो। बैंकले गत वर्ष अघि अवधीमा ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको यसरी नाफा बढ्नुमा भने यो वर्ष बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गरेको थियो। जसकारणले बैंकको नाफा धेरै देखिएको हो।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार यो तीन महिनामा एक अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुत गत आवको तुलनामा ४९ करोड रुपैयाँ अर्थात ३१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको यसै अवधिमा एक अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad