साताको पहिलो कारोबार दिन आज सेयर बजार कारोबार मापन गर्ने नेप्से सूचक १७.११ अंकले ओरालो लागेको छ। कुल १ सय ६६ कम्पनीको कारोबार भएकामा आज १९ लाख ३७ हजार कित्ता सेयर बिक्री भएका छन् भने ४९ करोड २६ लाखको कारोबार भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ३.४३ अंकले घटेको छ। आज म्युचुअल फन्डबाहेकका अन्य ११ कम्पनीको कारोबार सूचक सबै रातो छ। म्युचुअलको भने शून्य दशमलव १६ अंकले कारोबार हरियो देखिएको हो। १२ समूहको कारोबार भएकामा निर्जीवन बीमा समूहको र जीवन बीमा समूहको कारोबारमा उच्च गिरावट देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सेयर कारोबारका आधारमा भने आज कृषि विकास बैंक लिमिटेडको ४ करोड ८ लाखको सेयर प्रतिकित्ता ४ सय २५ रुपैयाँ दरमा बिक्री भएका छन्। त्यस्तै नेपाल बैंकको ४ करोड १ लाख, छिमेक लघुवित्त विकास बैंकको २ करोड ४० लाखको, एनआईसी एसिया बैंकको २ करोड १७ लाखको, शिवम् सिमेन्टको २ करोड ६ लाखको, प्रभु बैंकको पनि २ करोड ६ लाखको, माथिल्लो तामाकोशीको १ करोड ६२ लाखको, मेगा बैंकको १ करोड ४१ लाखको, युनाइटेड इन्स्योरेन्स कम्पनीको १ करोड ४० लाखको र नबिल बैंकको १ करोड ३९ लाखको सेयर बिक्री भएको छ।
आज कमाउने कम्पनीमा सृजना फाइनान्नस अगाडि छ। कम्पनीका सेयरधनीले ९.७२ प्रतिशत अर्थात् २१ रुपैयाँ कमाएका छन्। अनुपातका हिसाबले त्यसपछि युनिभर्सल पावर कम्पनी लिमिटेडका सेयरधनीले ४.६० प्रतिशत आम्दानी गरेको नेप्सेले बताएको छ। तर रकमका हिसाबले भने आज बोटलर्स नेपाल (तराई) लिमिटेडका सेयरधनीले प्रतिकित्ता १ सय ३८ रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। प्रतिशतका हिसाबले यो आम्दानी १.९९ प्रतिशत मात्रै हो।
त्यस्तै गुमाउने कम्पनीमा भने सबैभन्दा अगाडि युनियन हाइड्रोपावर लिमिटेड छ। यसका लगानीकर्ताले एकैदिन ८.२४ प्रतिशत गुमाउनपुगेका छन्। त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनीका सेयरधनीले ६.१२ प्रतिशत अर्थात् ५२ रुपैयाँ गुमाएका छन्। पाँचथर पावर कम्पान्ट लिमिटेडका सेयरधनीले ८ रुपैयाँ गुमाउँदै तेस्रो स्थानमा रहँदा चौँथो स्थानमा परेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.१७ प्रतिशत अर्थात् ३८ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्।
रकमका हिसाबले आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३६ रुपैयाँ, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४० रुपैयाँ र राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर सेयरका सेयरधनीले ३ सय २ रुपैयाँ गुमाउनपुगेका छन्।
Shares
प्रतिक्रिया