ad ad

कारोबार


नेपाल टेलिकमलाई थप ५ मेगाहर्ज फ्रिक्वेन्सी, दुई वर्षभित्र हरेक कुनामा फोरजी पुग्ने, गुणस्तर सुधार हुने

नेपाल टेलिकमलाई थप ५ मेगाहर्ज फ्रिक्वेन्सी, दुई वर्षभित्र हरेक कुनामा फोरजी पुग्ने, गुणस्तर सुधार हुने

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ८:५१,

नेपाल टेलिकमले दुई वर्षभित्र मुलुकका हरेक क्षेत्रमा फोरजी सेवा पुर्‍याउनुपर्ने शर्तसहित थप फ्रिक्वेन्सी प्राप्त गरेको छ।

टेलिकमको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले १८०० ब्यान्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको हो। यो थपिएसँगै टेलिकमको गुणस्तरमा सुधार हुने आशा गरिएको छ।

‘५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको भनेर प्राधिकरणबाट पत्र प्राप्त भएको छ’, नेपाल टेलकमका प्रवक्ता राजेश जोशीले भने, ‘नेपाल टेलिकमको अनुरोधमा नै प्राधिकरणले उपलब्ध गराएको हो।

अहिले नेपाल टेलिकमले १८०० ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सञ्चालन गरिरहेको छ। यसमा फ्रिक्वेन्सी थपिएपछि फोरजी विस्तारमा सहज हुने उनले बताए।

यसले मुख्य फोरजी सेवा विस्तारमा सहयोग पुग्ने र गुणस्तरीय सेवा हुने टेलिकमको भनाइ छ।

५ मेगाहर्ज थप गर्न प्राधिकरणले विभिन्न शर्तहरु राखेको छ। ‘मुख्य त सन् २०२२ को अन्तसम्म ७७ जिल्लाको हरेक ठाउँमा फोरजी कभरेज हुनुपर्ने शर्त छ’, जोशीले भने। सहरी क्षेत्रमा जनसंख्याका आधारमा ९५ प्रतिशतमा फोरजी सेवा हुनुपर्नेछ।

त्यस्तैगरी, सन् २०२२ को अन्त्यसम्म ग्रामीण क्षेत्र र नगरपालिकामा ९० प्रतिशत जनसंख्याको पहुँचमा फोरजी पुग्नुपर्नेछ।

त्यस्तै, फोरजीको गुणस्तरमा पनि सुधार हुनुपर्ने प्राधिकरणको शर्त छ। जसअनुसार सहरी क्षेत्रमा न्यूनतम २० एमबीपीएस र ग्रामीण क्षेत्रमा न्यूनतम १० एमबीपीएको फोरजी स्पिड हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .