ad ad

कारोबार


एमएडब्लु अर्थमुभर्सद्वारा भर्च्युअल माध्यमबाट एक्साभेटर सार्वजनिक

एमएडब्लु अर्थमुभर्सद्वारा भर्च्युअल माध्यमबाट एक्साभेटर सार्वजनिक

नेपालखबर
असोज २९, २०७७ बिहिबार १४:२४,

नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्च्युअल प्रविधिमार्फत आफ्नो नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ। 

कोभिड–१९ ले निम्त्याएको जोखिमलाई ध्यानमा राखेर गरिएको भर्च्युअल लन्चलाई जेसीबी नेपालको फेसबुक पेजमा लाइभ गरिएको थियो। नयाँ एक्साभेटर नेपालको कठोर भू–बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभल फिचर’हरु पनि राखिएको छ।

नयाँ जेसीबी एनएक्सटी २२१ एलसी २१.५ टनको शक्तिशाली एक्साभेटर हो जसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ। पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ। बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको छ।

साथै, यसका बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ। बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १००० घन्टासम्म पु-याउँछ। यसमा ७ इन्चको एलसीडी डिस्प्ले रहेको छ जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ।

नयाँ एक्साभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभलिंक जडान गरिएको छ जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ। यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुल्ला क्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोल जस्ता फिचर छन्।

३६६० एमएम लामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डरक्यारिज ओभरअल लेन्थ भएको यो मेसिन बढी ‘स्टेबल’ छ। हाइड्रोलिक आयलको आयु पाँच हजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर रहेको छ। फ्युल इफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ।

साथै यसमा इरर कोड र मल्टि कलर वार्निङ एलर्टसहितको एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम रहेको छ जसले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिक एक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिक ओभरहिट जस्ता सूचना दिन्छ।

यो मेसिन विशेषगरी नेपाली एक्साभेटर बजारलाई टार्गेट गरी निर्माण गरिएको भएकाले यसले मेसिनको उत्पादकत्व, फ्युल इफिसेन्सी, इन्टेलिजेन्स, कनेक्ट, रिलायबिलिटी, मेन्टेनेन्स, कम्फर्ट र सेफ्टीलाई नयाँ उचाइमा पु-याउने अपेक्षा गरिएको छ। देश निर्माण कार्यमा यो नयाँ एक्साभेटरले ‘गेम चेन्जर’ सावित हुने कम्पनीले विश्वास लिएको छ।

नयाँ जेसीबी एनएक्सटी २२१ एलसी एक्साभेटरको पर्फमेन्स र विश्वसनीयताले ग्राहकको सन्तुष्टीलाई प्रत्याभुत गर्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .