कोरोनाविरुद्धको खोप लगाउन युवा र स्वस्थ व्यक्तिले सन् २०२२ सम्म पर्खिनुपर्ने अवस्था आउनसक्ने विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिकले बताएकी छन्।
स्वास्थ्यकर्मी र उच्च जोखिम भएकाहरुलाई प्राथमिकता दिइने भएकाले युवाहरुले ढिला खोप पाउने वैज्ञानिक सौम्या स्वामीनाथनले बताइन्।
थुप्रै खोप परीक्षणको अन्तिम चरणमा रहेपनि सबैलाई पुग्नेगरी खोप उपलब्ध नहुने उनको भनाइ छ।
‘धेरै मानिस यसमा सहमत हुन्छन्। खोप पहिले स्वास्थ्यकर्मी तथा अन्य फ्रन्टलाइन वर्करबाट सुरु हुन्छ। त्यसपछि सबैभन्दा उच्च जोखिममा रहेका, वृद्धहरुलाई लगाउनुपर्छ,’ स्वामीनाथनले भनिन्,‘यसबारे अनेका मार्गनिर्देशन आउन सक्छन्। तर, मलाई लाग्छ, स्वस्थ्य युवाले खोप पाउन २०२२ सम्म पर्खिनुपर्ने हुनसक्छ।’
उनले सन् २०२१ सम्ममा कम्तीमा एउटा प्रभावकारी खोप सिमित परिमाणमा उपलब्ध हुने विश्वास व्यक्त गरिन्।
हाल जोनसन एन्ड जोनसन र एस्ट्राजेनेकाको खोपको अमेरिकामा जारी परीक्षण सुरक्षाका कारण रोकिएको छ। एजेन्सी
Shares
प्रतिक्रिया