ad ad

समाज


संझा साह बलात्कार प्रकरणः मिल्ने साथीका बुवा पक्राउ, पोल खुल्ने डरले हत्या गरेको बयान

संझा साह बलात्कार प्रकरणः मिल्ने साथीका बुवा पक्राउ, पोल खुल्ने डरले हत्या गरेको बयान

शैलेन्द्र महतो
असोज २९, २०७७ बिहिबार १४:३,

रौतहटमा घाँस लिन गएको बेला १६ वर्षीया किशोरी संझा साहलाई बलात्कार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। हत्या अरोपमा वृन्दावन नगरपालिका वडा नं. ४ का ४५ वर्षीय चुनु साह तेलीलाई पक्राउ गरेको हो।

उनलाई बुधबार पक्राउ गरेर रौतहट जिल्ला दालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए। तेली हत्याको १३ दिन पश्चात पक्राउ परेका हुन्।

रौतहटको वृन्दावन नगरपालिका–४ मामा घर बस्दै आएकी संझा गएको असोज १६ गते बिहान ९ बजे घाँस काट्न गएको बेला उनको बलात्कार गरी हत्या भएको थियो। सोही दिन दिउँसो ४ बजे संझाको शव नग्न अवस्थामा घरभन्दा ५ सय मिटर पल्टुवा टोल नजिक बगमती नहर स्थित उखु घारीमा फेला परेको थियो ।

प्रहरी उपरीक्षक साहका अनुसार संझा घाँसको लागि निस्केपछि पछाडि गर्दै तेली समेत गएका थिए। संझालाई ललाई फकाई उखु बारीतिर लगेर बलात्कार गरेको र संझा बेहोस भएपछि आफ्नो पोल खुल्ने डरले तेलीले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

तेलीले सो घटनामा आफैँले बलात्कार गरी संझाको हत्या गरेको स्वीकार समेत गरेको उपरीक्षक साहले बताए। संझा हत्या आरोपी तेलीकी छोरीका मिल्ने साथी थिइन्। रौतहटको गढीमाई नगरपालिका १ की सीताराम साह तेलीकी जेठी छोरी संझा बाल्यकालदेखि नै मावली घर वृन्दावन नगरपालिका ४ स्थित बैजनाथ साहको घरमा बस्दै बस्दै आएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .