कारोबार


केही कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्यटन बोर्ड चार दिनका लागि बन्द

केही कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्यटन बोर्ड चार दिनका लागि बन्द

नेपालखबर
असोज २७, २०७७ मंगलबार १०:३८,

प्रदर्शनीमार्ग नजिकै रहेको नेपाल पर्यटन बोर्डका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सोसँगै बोर्डबाट अर्को सूचना जारी नभएसम्म कार्यालय भवनभित्र कुनै पनि भेटघाट तथा कार्यक्रम नगराइने नगर्ने भएको बोर्डले जनाएको छ।

यही असोज २५ र २६ गते बोर्डका केही कर्मचारमिा कोरोना पुष्टि भएको थियो भने अन्य कर्मचारी समेत उनीहरुसँगको प्रत्यक्ष सम्पर्कमा रहेका थिए। सोही कारण सम्भावित संक्रमण रोक्न यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।

यही २८ गतेदेखि चार दिनसम्म ट्रेकिंग परमिट दिनेबाहेक अन्य सबै काम पूर्ण रुपमा बन्द गरिएको बोर्डका कर्पोरेट सर्भिसेज महाशाखाका निर्देशक सन्तोष पन्तले जानकारी दिए। अब कार्यालयको निर्मलीकरण तथा कोभिड १९ परीक्षणको काम गरिने भएका कारण पनि सेवा बन्द गर्नुपरेको पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad