नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले आज आफ्नो पदभार ग्रहण गरेका छन्।
उनलाई नेपाल सरकारले ४ वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको हो। चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य थिए।
आज आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रबन्धक पाएकोमा खुसी व्यक्त गरे।
कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रबन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाए।
नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे। उनले निगमलाई गतिशीलबनाउनएक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे।
उनले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने आवश्यकता औँल्याए।
नायब महाप्रबन्धक गणेशबहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नु हुने व्यक्तिनिगमको महाप्रबन्धक भएर आएकोले निगमले गति लिने विश्वास व्यक्त गरे।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपूर्ण प्रयास आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया