ad ad

कारोबार


जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा

जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १०:२४,

काठमाडौंको बूढानिलकण्ठमा रहेको होक्काइडो रामेन हाउस, पार्क भिलेज रिसोर्टले जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा ल्याएको छ।

भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा भाटभटेनीमै बिक्री गर्न जापानमा तालिम प्राप्त अनुभवी सेफले ‘बेन्तो’ तयार पारिरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसमा प्रयोग हुने तरकारीहरू आफ्नै बारीमा फलाइन्छ र अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त स्टाफहरूले विशेष ध्यान पु-याइ छानेका हुनेछन्। बेन्तो आफ्नै सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार गरिन्छ।

आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाइ ५ विभिन्न किसिमका हुनेछन्। र, भाटभटेनी सुपर मार्केटको इतिहास बोकेको पहिलो स्टोर (नक्साल भाटभटेनी) मा उपलब्ध हुनेछ।

बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउँदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए।

‘हामीले जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै हाम्रा ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्नेछौं। हामी भाटभटेनी सुपरमार्केटको साथै हातेमालो गर्दै बजारमा आइसकेका छौं बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्सलाई तपाईंहरूलाई साथ दिन्छौं’ उनले भने।

‘बेन्तो’ भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट ‘टेक आउट’ अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ। यसको शुरूवात जापानमा भएको हो। बेन्तोमा प्रायः भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .