ad ad

समाज


२४ घण्टामा थपिए दुई हजार ५९ संक्रमित, उपत्यकामा १४ सय नौ जना

२४ घण्टामा थपिए दुई हजार ५९ संक्रमित, उपत्यकामा १४ सय नौ जना

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १०:४४,

गएको २४ घण्टामा नेपालमा दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१३ हजार दुई सय ७९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन्।

नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज काठामाडौं उपत्यकामा मात्रै १४ सय नौ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ७२.५ प्रतिशत निको भएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७३०२३ रहेको छ।

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .