नेपाली सिने कलाकार तथा अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बासडरमा नियुक्त गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो। दुई कलाकार ब्राण्ड एम्बासडर नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ।
3
Shares

प्रतिक्रिया