बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई प्रभु बैंकले आर्थिक सहयोग गरेको छ।
बैंकले पठाएको राहत बिहीबार गण्डकी प्रदेशका भौतिक योजना मन्त्री रामशरण बस्नेतले पीडितलाई हस्तान्तरण गरे।
बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि रु. पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको जानकारी दिए।
ढोरपाटनको वडा नं. ७, ८ र ९ मा गत भदौ १७ गते आएको भुजिखोको बाढीका कारण ३८ जना बेपत्ता भएकोमा १९ जनाको शव फेला परेको छ भने बाँकी अझै हराइरहेका छन्। सो स्थानमा विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन्।
3
Shares
प्रतिक्रिया