ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको निर्वाचन मिति कार्यकारिणी समितिबाट पनि पारित

उद्योग वाणिज्य महासंघको निर्वाचन मिति कार्यकारिणी समितिबाट पनि पारित

नेपालखबर
असोज १५, २०७७ बिहिबार ११:४३,

नेपाल उद्योग वणिज्य महासंघ पदाधिकारी बैठकले मंसिर ११ र १२ गतेलाई तोकेको निर्वाचन मिति कार्यकारिणी समितिले पनि पारित गरेको छ।

आज महासंघ कार्यकारिणी समितिको भर्चुअल बैठकले पदाधिकारी बैठकले तोकेको मितिलाई अनुमोदन गरेको महासंघको कार्यकारिणी सदस्य कृष्ण प्रसाद दुलालले जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘आजको कार्यकारिणी समितिको बैठकले सर्वसम्मत रुपमा निर्वाचन मिति पारित गरेको छ। साधारणसभा भर्चुअल विधिबाट गर्ने र निर्वाचन प्रत्यक्ष काठमाडौंमा गर्ने निर्णय भएको हो।’

गत चैत २८ र २९ मा नै नयाँ नेतृत्वको निर्वाचन हुनुपर्ने थियो। कोरोना संक्रमण र त्यसपछि भएको बन्दाबन्दीको कारणले गर्दा रोकिएको थियो।

No description available.

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा मंसिर १२ गते अध्यक्ष बन्दै छन्।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा भने चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। अन्य पदको लागि पनि उनीहरुले आफ्नो नेतृत्वमा प्यानल नै निर्माण गरेका छन्।

रोकिएको निर्वाचनको लागि महासंघ नेतृत्वले चैतयता निर्वाचनको लागि पहल गर्दै आएको थियो। यसअनुसार एक कार्यदल नै बनाएर कुन मोडलमा निर्वाचन र साधारणसभा गर्न सकिन्छ, त्यसको अध्ययन प्रतिवेदन नै तयार गरेको थियो। उक्त प्रतिवेदनको सुझावअनुसार निर्वाचनको मिति तय भएको हो।

निर्वाचनको लागि महासंघले गृह मन्त्रालयसँग समेत अनुमति लिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .