ad ad

कारोबार


बिग मार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा विशेष छुट

बिग मार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा विशेष छुट

नेपालखबर
असोज १५, २०७७ बिहिबार ९:३,

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुःन सूचारू भएको छ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो। अहिले निशेधाज्ञा हटेसँगै यो योजना पुनः सूचारु भएको हो। अब यो योजना असोज महिनाभर जारी रहनेछ।

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ। योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ। यस्तो छुट अधिकतम रू ३ सय सम्म पाइनेछ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन्। इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामाहाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको शुरू भएको थियो। हाल बिगबमार्टका मुलुकभर ५० वटा स्टोर्स रहेका छन्। बिग मार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ–नयाँ अफर ल्याउँदै आएको छ। बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .