ad ad

कारोबार


आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटलबीच नगदरहित सेवा सम्झौता

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटलबीच नगदरहित सेवा सम्झौता

नेपालखबर
असोज १५, २०७७ बिहिबार ६:४३,

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स)बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .