ad ad

कारोबार


झापामा सञ्चालनमा आयो नयाँ पाँचतारे होटल मेची क्राउन

झापामा सञ्चालनमा आयो नयाँ पाँचतारे होटल मेची क्राउन

नेपालखबर
असोज १५, २०७७ बिहिबार ६:९,

कोभिड १९ को महामारीकै बीच झापामा नयाँ पाँचतारे होटल मेची क्राउन सञ्चालनमा आएको छ। भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै निर्माण भएको होटलको सफ्ट ओपनिङ गरिएको हो।

वैशाखदेखि सञ्चालन गर्ने तयारी रहे पनि कोभिड १९ कारण असोजमा मात्रै सञ्चालनमा ल्याइएको होटल व्यवस्थापनले बताएको छ। मेची क्राउनको व्यवस्थापन पिक हस्पिटालिटीले गर्नेछ।

दुईवटा रेष्टुरेन्ट रहेको होटलमा १०५ वटा कोठा छन्। यसमा ५ मेची स्विट्स रुम, १० वटा एक्जुकेटिभ भिला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम उपलब्ध छन्।

विवाह, बैठक, सम्मेलन, सेमिनार आदिका लागि पनि यस होटलमा सुविधासम्पन्न हलहरु उपलब्ध छन्। होटलमा निजी हेलिप्याडको व्यवस्था समेत छ भने कम्तीमा पनि पाँच सय सवारीसाधन पार्किङ गर्न सकिन्छ।

झापास्थित धुलाबारीको यस होटल भद्रपुरको घरेलु विमानस्थलबाट १७ किलोमिटर टाढा छ रहेको छ भने भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको मात्रै दूरीमा छ।

चार वर्षअघि निर्माण सुरु भएको होटलले भारतीय पर्यटकलाई आकर्षित गर्ने व्यवस्थापनले जनाएको छ।

होटलले क्यासिनो खेल्नको लागि भारतीय आउने बताएको छ। यद्यपि होटलले क्यासिनो सञ्चालनको अनुमति भने अझै पाएको छैन।

क्यासिनो सञ्चालन अनुमति पाएपछि ग्राण्ड ओपनिङ गर्ने होटलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .