ad ad

कारोबार


हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकका लागि यस्ता शर्त

हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकका लागि यस्ता शर्त

नेपालखबर
असोज १३, २०७७ मंगलबार ९:२३,

हिमाल आरोहण तथा पदयात्रामा नेपाल आउने पूर्वसहमतिपछि मात्रै नेपाल आउन पाउने भएका छन्।

हिमाल आरोहण र पदयात्राको लागि आउनेले नेपालको ट्रेकिङ÷आरोहण एजेन्सीसँग समन्वय गरी मात्रै आउन पाउने पर्यटन मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषदको बैठकले अक्टोबर १ देखि हिमाल आरोहण र पदयात्राका लागि मात्रै पर्यटन आउन पाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषदको निर्णयअनुसार पर्यटन मन्त्रालयले हिमाल आरोहण तथा पदयात्रासम्बन्धी मापदण्ड बनाएको छ।

‘७२ घण्टाको पीसीआर रिपोर्ट, ७ दिन होटल क्वारेन्टिनमा बस्नैपर्छ’, पर्यटन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले ‘हिमाल आरोहण र पदयात्राबाहेक अन्य ठाउँमा घुम्नको लागि पाउँदैनन्। नेपालका एजेन्सीसँगको समन्वयमा मात्रै नेपाल आउन पाउँछन्।’

शर्तसहित आउने पर्यटकलाई अन अराइभल भिसा दिइनेछ। त्यसको लागि विदेशस्थित कूटनीतिक नियोगबाट भिसा लिनुपर्नेछ। कूटनीतिक नियोग नभएका देशबाट आउँदा नेपालमा ट्रेकिङ एण्ड एक्सपिडिसन एजेन्सिजको समन्वयपछि मात्रै आउन पाउनेछन्।

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .