कारोबार


उद्योग वाणिज्य महासंघलाई सरकारले दियो निर्वाचनको अनुमति, २५ जनाभन्दा बढी जमघट हुन नपाइने

उद्योग वाणिज्य महासंघलाई सरकारले दियो निर्वाचनको अनुमति, २५ जनाभन्दा बढी जमघट हुन नपाइने

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ११:२१,

नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको निर्वाचन गर्न सरकारले अनुमति प्रदान गरेको छ।

मंसिर ११ र १२ गते निर्वाचन गर्ने महासंघको निर्णय भएको भन्दै त्यसको लागि गृह मन्त्रालयसँग महासंघले अनुमति मागेको थियो।

मन्त्रालयले कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्न अनुमति दिएको हो।

महासंघको निर्वाचन गत चैत २८ र २९ गते हुनपर्ने थियो कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनपछि निर्वाचन सरेको थियो।

निर्वाचन कसरी गर्न सकिन्छ भन्ने विषयमा महासंघले एक अध्ययन कार्यदल नै गठन गरेको थियो। कोरोना संक्रमणको समयमा साधारणसभा भर्चुअल विधिबाट र निर्वाचन भने प्रदेश र केन्द्रमा बाँडफाँट गरेर गर्न सकिने महासंघले बताएको थियो। सोहीअनुसार सरकारसँग अनुमति माग गरिएको थियो।

गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुने गरी निर्वाचन गर्न अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad