एनआईसी एसिया बैंकले साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको यही असोज मसान्तसम्मको सावाँ तथा ब्याज रकम यही मसान्तभित्र चुक्ता भुक्तान गरे कात्तिकदेखि ८.९९ प्रतिशत ब्याजदर कायम गरिने भएको छ।
कोरोनाले प्रतिकूल परिस्थितिमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस योजनामा सहभागी हुन २३ दिन बाँकी रहेको बैंकले जनाएको छ।
बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकहरूले यस योजनामा सहभागी भई फाइदा उठाउन सक्नेछन्।
बैंकले भनेको छ, ‘यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो।’
उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहक महानुभावहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ। यसबारे ग्राहकले बैंकले स्थापना गरेको कर्जा सहायता केन्द्रबाट थप जानकारी लिनसक्नेछन्। त्यसका लागि ‘हेल्प’ टाइप गरी ३४४८८ मा एसएमएस गर्न सक्ने तथा बैंकको वेबसाइटमा रहेको फिडब्याक फर्ममा आफ्नो कर्जाबारे जिज्ञासा वा गुनासो राख्नसक्नेछन्। त्यस्तै १६६००१७७७७१ मा निःशुल्क सम्पर्क गरेर समेत बुझ्न सक्नेछन्।
Shares

प्रतिक्रिया