कारोबार


सांग्रिला डेभलपमेन्ट बैंकले ऋणी ग्राहकलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणी ग्राहकलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ६:३७,

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकलाई असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत छुट दिने भएको छ।

बैंकले कोरोना महामारीबाट असर परेको भन्दै आफ्ना ऋणी ग्राहकलाई बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको हो।

बैंकका ऋणी ग्राहकले यही असोज मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण सावाँ र ब्याज रकम असोज मसान्तसम्म भुक्तानी गरे ब्याज रकममा १२ प्रतिशत सहुलियतस्वरुप छुट पाउनेछन्।

यसरी ग्राहकलाई ब्याज रकममा छुट गरिँदा २०७७ असार मसान्तसम्मको यस डेभलपमेन्ट बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिइने बैंकले जनाएको छ।

उक्त ब्याज रकममा दिइएको छुट सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागू नहुने पनि बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad