ad ad

कारोबार


नौवटा आन्तरिक गन्तव्यमा नेपाल वायुसेवा निगमले थाल्यो नियमित उडान

नौवटा आन्तरिक गन्तव्यमा नेपाल वायुसेवा निगमले थाल्यो नियमित उडान

नेपालखबर
असोज ७, २०७७ बुधबार ९:७,

नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ९ ठाउँमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको छ।

नियमित उडानसेवा थालिएका गन्तव्यमा भोजपुर, दाङ्ग, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन्।

त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगंञ्ज–जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको छ।

यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरिएको निगमले जनाएको छ।
उडानका लागि नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानिएको छ।

नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका निम्नानुसार रहेको छ -

सेक्टर  उडान हुने दिन
 काठमाडौं–रुकुम–काठमाडौं : आइतबार, बिहीबार
 रुकुम –नेपालगंज–रुकुम : आइतबार, बिहीबार
 नेपालगंज–जुम्ला–नेपालगंज : आइतबार
 काठमाडौं–भोजपुर–काठमाडौं : सोमबार, मंगलबार, शुक्रबार
 काठमाडौं –दाङ्ग–काठमाडौं : सोमबार, बुधबार, शुक्रबार
 काठमाडौं–फाप्लु–काठमाडौं :  आइतबार, मंगलबार

 काठमाडौं–थामखर्क–काठमाडौं :

नेपालगंज–बाजुरा–नेपालगंज :

काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं :

काठमाडौं–खानीडाँडा–काठमाडौं :

बुधबार

बिहीबार

बुधबार, शनिवार

बुधबार, शनिवार


 

 
 
 
 
  
 
 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .