ad ad

समाज


डा. केसीमाथि अमानवीय व्यवहार भएको भन्दै मानवअधिकार आयोगमा उजुरी

डा. केसीमाथि अमानवीय व्यवहार भएको भन्दै मानवअधिकार आयोगमा उजुरी

नेपालखबर
असोज ७, २०७७ बुधबार ९:३,

अनसनरत वरिष्ठ चिनित्सक डा. गोविन्द केसीमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ।

युथ कांग्रेस नेपाल, नामक संगठनले आयोगमा उजुरी दिएको हो। केसीलाई प्रहरी प्रशासनले बल प्रयोग गरी काठमाडौं एयरपोर्टबाट जबरजस्ती गाडिमा हाली वीर अस्पालको ट्रमा सेन्टर लगिएको भन्दै उजुरी दिइएको हो।

‘डाक्टर गोविन्द केसी अनसनरत बसेकै अवस्थामा स्वास्थ्य नाजुक हुँदाहुँदै केहि संयमता नदेखाई डाक्टर केसीले नचाहँदा–नचाहँदै प्रहरीहरुले निर्ममतापूर्वक बोकेर ट्रमा सेन्टर भित्र लिएर गएको हुँदा सो कार्य नेपालको लोकतान्त्रिक संविधान, नेपाल पक्ष भई अनुमोदन गरेका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन र महासन्धीहरु विपरित भएकोले सो कार्यलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गर्दै यो निवेदन पेश गर्दछौँ’ उजुरीमा भनिएको छ।

पत्रमा केसीमाथि गरिएको अपमानजनक व्यवहारबारे आयोगलाई ठोस कदम चाल्न आग्रह पनि गरिएको छ। साथै डा गोविन्द केसी अनसनरत् अवस्थामा उनको स्वास्थलाई असर पर्ने कुनै कानुनविपरीत कार्य नगराउन पहल गर्न र उनको जीवन रक्षाको लागि अग्रसर हुन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .