ad ad

कारोबार


विज्ञापन बोर्डसम्बन्धी नियमावली मन्त्रिपरिषदबाट यही हप्ता स्वीकृत हुने

विज्ञापन बोर्डसम्बन्धी नियमावली मन्त्रिपरिषदबाट यही हप्ता स्वीकृत हुने

नेपालखबर
असोज ५, २०७७ सोमबार ९:२७,

सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यही हप्ताबाट कार्यान्वयनमा ल्याउने बताएको छ। बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको बताएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषदमा पुगेको र स्वीकृत हुन बाँकी रहेको बताए।

राष्ट्रिय प्रसारण ऐन र नियमावलीले समेत विदेशी टेलिभिजनलाई विज्ञापनरहीत बनाउन कुनै बाधा नपर्ने भएकोले सरकारले यसलाई कार्यान्वयनमा ल्याउने उनले बताए।

संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विज्ञापन ऐनको कार्यान्वयनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको जानकारी दिए।

संचार विज्ञ लक्ष्मण हुमागाईंले विज्ञापन ऐन कार्यान्वयमा ढिलाई गर्न नहुने बताए। विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापनकर्मी, संचार माध्यम र उपभोक्ताको हितकालागि विज्ञापन ऐन कार्यान्वयन आवश्यक रहेको उनले बताए।

विदेशी टेलिभिजनबाट प्रसारण हुने विज्ञापन रोक्न, विदेशी स्थानीय च्यानलहरुले नेपालमा गरिरहेको प्रसारणलाई निरुत्साहित गर्न र अन्तर्राष्ट्रिय स्तरका च्यानललाई मात्र अनुमति प्रदान गर्न समेत ऐन उपयोगी हुने संचार विज्ञ हुमागाईले बताए। ऐन स्वीकृत भएको ११ महिनाको अवधिमा अपेक्षाकृत काम हुन नसकेको उल्लेख गर्दै उनले बाँकी एक महिना सबै पक्ष सक्रियताकासाथ लाग्नु पर्ने बताए।

बैठकमा सांसदहरु ईन्दु शर्मा, लिलाराज श्रेष्ठ, यज्ञराज सुनुवार, रंगमति शाही लगायतले ऐन कार्यान्वयमा सरकारले तदारुकता देखाउन नसकेको भन्दै ऐनको तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए।

संसदका दुवै सदनवाट पारित भई राष्ट्रपतिबाट २०७६ साल कार्तिक ८ गते स्वीकृति पाएको विज्ञापन ऐन हालसम्म कार्यान्वयमा आउन सकेको छैन। उक्त ऐन तुरुन्त प्रारम्भ हुने व्यवस्था छ।

ऐनले २०७३ साल कार्तिक ७ गतेको मन्त्रिपरिषदवाट स्वीकृत विज्ञापनरहीत नीतिको कार्यान्वयन गर्ने छ। उक्त नीति २०७४ साल श्रावण १ गतेवाट लागू  हुनुपर्नेमा विभिन्न पक्षको विरोधको कारण लागू हुन सकेको थियन। नीति कार्यान्वयनमा आउन नसकेपछि सरकारले ऐन ल्याएको हो।

ऐनले विज्ञापन क्षेत्रको नियमन गर्न, विज्ञापनसम्बन्धी नीति बनाई सरकारलाई सिफारिश गर्न विज्ञापन बाेर्डको गठन गर्ने व्यवस्था गरेको छ। बाेर्ड गठन ११ महिना बितिसक्दासमेत हुन सकेको छैन। ऐनले विदेशी विज्ञापनलाई नेपालीमा डविंग गर्न नपाउने व्यवस्था गरेको छ। ऐनले विज्ञापन गर्न पाउने र नपाउने विषयलाई स्पष्ट पारेको छ।

ऐनले केन्द्रमा विज्ञापन बोर्ड र प्रदेशमा अनुगमन तथा नियमन समिति गठन गर्ने व्यवस्था समेत गरेको छ। ऐनले सरकारी विज्ञापन बाेर्ड मार्फत गर्ने व्यवस्था समेत गरेको छ।

याे पनि: समयमै विज्ञापन बोर्ड गठन गरेर क्लिनफिड लागू गर्न संसदीय समितिको निर्देशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .