ad ad

कारोबार


मह जोडीको नयाँ भाइबर स्टिकर

मह जोडीको नयाँ भाइबर स्टिकर

नेपालखबर
असोज ४, २०७७ आइतबार ७:५०,

मह जोडीको उपनामले चिनिने नेपाली हास्य क्षेत्रका बहुचर्चित एवं प्रसिद्ध जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भाइबरमा रमाइलो स्टिकर प्याक सुरु गरेका छन्।

यी स्टिकरहरुमा उनीहरुद्वारा अभिनीत टेलिशृंखलाको लोकप्रिय पात्रहरु मदनबहादुर हरिबहादुर, ढलमती र वनपालेको चरित्रलाई प्रतिविम्बित गरिएको छ।

यो स्टिकर प्याकले मह जोडीका केही स्थापित, लोकप्रिय संवादहरु विभिन्न स्टिकरहरुद्वारा व्यक्त गर्दछ। अब यी जोडीका फ्यानहरुले आफ्ना भावनाहरुलाई मह जोडीको शैलीमा व्यक्त गर्न सक्ने भाइबरले जनाएको छ।

मदनकृष्ण र हरिवंश नेपालको मनोरञ्जन क्षेत्रमा एक चिरपरिचित घरेलु नाम हो । यो जोडी पहिलो पटक वि.सं.२०३० सालमा रंगमञ्चमा एकसाथ देखा परेको थियो। त्यस समयदेखि आजसम्म पनि यस जोडीको यात्रा कायमै छ र नेपालीहरुले यो जोडीलाई अत्यन्त सम्मानित नजरले हेर्ने गर्दछन्।

मह जोडीले सदैव आफ्नो प्रहसनलाई जनचेतना अभिवृद्धि गर्ने कार्यमा केन्द्रित गराउँदै आएका छन्। उनीहरु विभिन्न सामाजिक गतिविधिहरुका साथै राजनीतिक स्वतन्त्रता क्र्रान्तिमा समेत संलग्न हुँदै आएका छन्। यो जोडी नेपाली टिभी र चलचित्र उद्योगको सबैभन्दा सफल टेलिसिरियल तथा देशभक्ति चलचित्रहरूको हिस्सा पनि रहेको छ।

भाइबरमा आफ्नो नयाँ कम्युनिटी र स्टिकर प्याक शुभारम्भका अवसरमा मन्तव्य व्यक्त गर्दै यी चर्चित कलाकारहरुले भने, ‘हामी मनोरञ्जन प्रदान गर्न र अरुलाई हँसाउन मन पराउँछौँ र हाम्रा फ्यानहरुको दैनिक संवादमा केही हाँसो ल्याउन हाम्रो लागि यो एक अत्यन्त उपयुक्त माध्यम बनेको छ। अब उनीहरुले हाम्रो स्टिकरहरुको प्रयोग गरेर आफ्नो भावना व्यक्तगर्न सक्नेछन्। यसले हामीलाई निकै उत्साहित तुल्याएको छ। अवसरको लागि भाइबरप्रति अति नै कृतज्ञ छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .