कारोबार


कोरोना जोखिम नबढे दशैंदेखि नै जनकपुर–जयनगर रेल चल्ने

कोरोना जोखिम नबढे दशैंदेखि नै जनकपुर–जयनगर रेल चल्ने

शैलेन्द्र महतो
असोज २, २०७७ शुक्रबार ११:४५,

कोरोना जोखिम नबढे अगामी दशैंदेखि नै जनकपुर–जयनगर रेल सेवा सुचारु हुने भएको छ।

शक्रबार जनकपुरमा दुईवटा रेल सेट बुझ्दै नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले कोरोनाको जोखिम नबढे देशैँबाट रेल सेवा सुचारु हुने बताएका हुन्।

भारतीय सरकारी रेल निर्माण कम्पनी कोकन रेल्वे अर्पोरेसन लिमिटेडका मेकानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईलाई दुई सेट रेल हस्तान्तरण गरेका हुन्। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तरण गरिएको हो।

नेपाल सरकार मन्त्रिपरिषदको ४ चैत २०७५ को निर्णय अनुसार जयनगरदेखि बर्दिबासम्म सञ्चालन गर्न दुई  रेल खरिद गर्ने गरी रेल विभागले भारतीय कोकन रेल्वे कर्पोरेसनसँग सम्झौता गरेको थियो। भ्याटसहित ८३ करोड ९३ लाख ६० हजारमा दुई  रेल खरिद गरेको विभागले जनाएको छ।

एक पटकमा १३ सय यात्री बोक्ने क्षमता रहेको  रेल प्रतिघण्टा १ सय १० किलोमिटर यात्रा तय गर्ने छ।

कोरोना महामारीको जोखिम कम भए कर्मचारी भर्ना गरेर अगामी दशैंदेखि नै जनकपुर–जनकपुर रेल सेवा संचालन गर्ने तयारी रहेको महाप्रबन्धक भट्टराईले बताए। कोरोना जोखिम बढे सञ्चालन अवधि अघिपछि हुन सक्ने उनको भनाइ छ। रेल विभागले सेवा सञ्चालनका लागि कर्मचारी भर्ना प्रक्रिया अघि बढाइसकेको छ।

जनकपुर ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरेका रेल सञ्चालन नहुञ्जेलसम्म सुरक्षित राख्नका लागि पुनः जयनगरस्थित नेपालको आफ्नै स्टेसनमा लगिएको छ।

रेल आएपछि हेर्नका लागि धनुषाको इनर्वादेखि जनकपुरको कुर्थासम्म सर्वसाधारणको भिड लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad