कारोबार


एनआईसी एसिया बैंकको सुपर चामत्कारिक कर्जाको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

एनआईसी एसिया बैंकको सुपर चामत्कारिक कर्जाको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

नेपालखबर
असोज २, २०७७ शुक्रबार १०:२७,

एनआईसी एशिया बैंकले ग्राहकहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत नै सुपर चामत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ।

कर्जा योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चामत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकको मोबाइल बैंकिङ्ग सुविधा उपभोग गरिरहेका ग्राहकहरूले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरे १४ असोजसम्म ५० रुपैयाँ नगद उपहार प्राप्त गर्ने व्यवस्था खल्ती वालेटले गरेको छ। खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ।

बैंकले सेवागत क्षेत्रमा समेत ग्राहकहरूलाई सहजता पुर्‍याउने उद्देश्यसहित खल्ती डिजिटल वालेटसँग पछिल्लोपटक कर्जाको आवेदन दिन सकिने सहकार्य गरेको हो। यस वालेटका प्रयोगकर्ताहरूले वालेटभित्र रहेका यस बैंकको सुपर चामत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफुलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ। आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएस (क्ःक्) बाट जानकारी गराउनेछ र आवेदक स्वयम्ले समेत यस बैंकको वेबसाइटमा गई लोनन स्टाटस आफैँ ट्राक गर्न सक्नेछन्।

बैंकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त तीनवटा कर्जाहरू ल्याएको छ। उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने सुनिश्चितताका लागि बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र तथा बैंकले ब्याजदरसम्बन्धी प्रतिबद्धता पत्रको समेत व्यवस्था गर्नेछ । साथै एक वर्षपश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad