कारोबार


मल कारखाना स्थापनाको काम अघि बढाउन संसदीय समितिको निर्देशन

मल कारखाना स्थापनाको काम अघि बढाउन संसदीय समितिको निर्देशन

नेपालखबर
असोज २, २०७७ शुक्रबार १०:२९,

संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भीर हुन समितिले निर्देशन दिएको हो।

जीविकोपाजर्नको आधार र कुल ग्राहस्त उत्पादनमा प्रमुख योगदान पुर्‍याउने कृषि क्षेत्रमा मलको माग उच्च रहकाले देशभित्र नै मल कारखाना स्थापनाका लागि विलम्ब नगरी आवश्यक प्रकृया अगाडि बढाउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको हा।

समितिले आज छलफलपछि नेपालमा आवश्यक मलको मौज्दात र आयात प्रकृयामा रहेको मलको परिमाणका आधारमा आगामी दिनमा अभाव नहुने कुरामा सजग हुन पनि मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति पूर्णकुमारी सुवेदीले बताइन्।

यस्तै समितिले कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन र चालु आर्थिक वर्षमा रासायनिक मल आयात गरिएको मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण ७ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको छ।

अहिले देशभरीमा ५० प्रतिशत कृषकले मात्रै सरकारी अनुदान प्राप्त गरिरहेको सन्दर्भमा मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसाहरुलाई रासायनिक मल अनुदानमा दिन तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको समिति सभापति सुवेदीले बताइन्।

समितिले मल क्षेत्रसँग सम्बिन्धित समस्या सामधानका लागि मन्त्रालयले बनाएका अल्पकालिन र दिर्घकालिन योजनाहरु अबिलम्ब समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad