साताको अन्तिम कारोबार दिन नेप्से ३०.७८ अंकले आकाशिएको छ। लामो दूरीको सार्वजनिक यातायात खुलेको दिन सेयरबजारमा झण्डै चार अर्बको सेयर खरिदबिक्री भएको हो।
आज कुल १ सय ९१ कम्पनीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज ५३ हजार २ सय ४० पटक खरिदबिक्री भएको थियो भने १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
आज सबै १२ समूहको सेयर कारोबार सूचक हरियो छ भने होटल, विकास बैंक र जलविद्युत् समूहको सूचक उच्च अंकले बढेको छ।
आजको कारोबारमा चारवटा कम्पनीहरुको सेयर १० प्रतिशतभन्दा बढीले बढेको छ। सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ। उसको १४ करोडको, नेपाल बैंकको १२ करोडको उच्च कारोबार भएको छ।
आज कम्पनीहरुको ६.७३ प्रतिशतसम्म सर्वाधिक सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।
प्रतिक्रिया