कारोबार


नेपाल बैंक लिमिटेड र लिसंखु पाखर गाउँपालिकाबीच सम्झौता

नेपाल बैंक लिमिटेड र लिसंखु पाखर गाउँपालिकाबीच सम्झौता

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १४:१३,

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिकाबीच उक्त गाउँपालिकाद्वारा सञ्चालन गर्न लागिएको अध्यक्ष उद्यमशिलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्बन्धी सम्झौतामा भएको छ । 

सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखु पाखर गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन्।

गाउँपालिकाले सञ्चालन गर्नलागेको ‘अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम’ ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपन्छीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रवर्द्धनका लागि मद्दत गर्नेछ।

नागरिकहरुलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासकालागी आवश्यक सहयोग प्रदान गरी गाँउपालिकाको बिषेशतामा आधारित लघु, घरेलु, साना एवम् मझौला व्यवसायहरुको विकास एवम् प्रवर्द्धन गर्न सहयोग पुग्ने गाउँ पालिकाले जनाएकाे छ।

बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक वर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad