कारोबार


चार कम्पनीका स्यानिटाइजर बिक्री वितरण गर्न प्रतिबन्ध

चार कम्पनीका स्यानिटाइजर बिक्री वितरण गर्न प्रतिबन्ध

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ११:०,

औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।

बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो। अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर बिक्री वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले अपिल गरे।

उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उनले आग्रह गरे। विभागमा दर्ता भए/नभएको पत्ता लगाउन फोन गरेर पनि बुझ्न सकिने ढकालले बताए।

कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको छ। विभागले मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानीटाइजर बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ।

गतहप्ता ५ र हिजो मात्रै थप ४ वटा कम्पनीका सरोकारवालाका नाममा उत्पादन र बिक्री वितरण नगर्न सूचना जारी गरिएको महानिर्देशक ढकालले बताए। मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग गरी उत्पादन गरेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादन नभएको स्यानिटाइजरमाथि प्रतिवन्ध लगाइएको उनले बताए।

विभागले प्रतिवन्ध लगाएका नेपालमै उत्पादन हुने र विदेशबाट आयात हुने स्यानीटाइजर पनि छन्। विभागले ग्वान्झाउ ओबेपेक्ड फाइन कम्पनी चीन, आर एल इन्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाडौं लगायतका स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad