‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुले असोजपछि प्रवाह भइसकेको ऋणको ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले असोज महिनामै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो।
गत आइतबार गरेको यो व्यवस्थालाई आज एक सूचनामार्फत राष्ट्र बैंकले असोज महिनाभित्र कार्यज्वयन गर्न भन्दै निर्देशन जारी गरेको हो।
यो निर्देशनसँगै घर र गाडी खरिदकर्ताहरुले ब्याजदर बढाइरहने बैंकको नियतिबाट पार पाएका छन्।


प्रतिक्रिया