कारोबार


वर्ल्डलिंकको २५ वर्षे यात्रा, मुलुककै तेस्रो ठूलो दूरसञ्चार कम्पनी बन्न सफल

वर्ल्डलिंकको २५ वर्षे यात्रा, मुलुककै तेस्रो ठूलो दूरसञ्चार कम्पनी बन्न सफल

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १०:५२,

इन्टनेट सेवा प्रदायक वर्ल्डलिंकले आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहँदा मुलुकै सबैभन्दा ठूलो सूचना प्रविधि (आइसिटी) कम्पनी बन्न सफल भएको छ। 

पब्लिक कम्पनीमा गइसकेको अवस्थमा सर्वसाधरणलाई पनि सेयर जारी गर्नेगरी तयारी पनि गरिरहेको उसले जनाएको छ।

यो वर्ष वर्ल्डलिंक आइसिटी क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनी बन्न सफल भएको छ। साथै वल्र्डलिंक आइसिटी क्षेत्रमा सबैभन्दा धेरै रोजगार दाता बनेको जनाएको छ।

भर्चुअल कन्फेरेन्स मार्फत २५ औं वार्षिकोत्सवका अवसरमा बोल्दै वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले १० औं ठूलो करदाता कम्पनी बन्न सफल भएको बताए।

‘दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम र एनसेलपछि हामी तेस्रो ठूलो कम्पनी भएका छौं,’ अग्रवालले भने, ‘हामी मुलुकका ७३ जिल्लामा पुग्न सफल भएका छौं।’

उनले २५ वर्षको दौरानमा धेरै उतारचढाव भौग्दै यहाँसम्म आइपुगेको बताउँदै आजको दिनमा मुलुकमा खपत हुने कुल व्यान्डविथमध्ये ४३ प्रतशत वर्ल्डलिंकले प्रयोग गरिरहेको बताए।

वर्ल्डलिंक सन् १९९५ मा सुरु भएर दुई वर्षपछि इमेल सेवा सुरु गर्दै १९९९मा भिस्याट सेवा सुरु गरेको थियो। साथै, सन् २००० बाट काठमाडौं बाहिर इन्टरनेट सेवा सुरु गरेको थियो

वर्ल्डलिंकले मुलुक मै पहिलो पटक आइसिटी क्षेत्रमा बेलायतको सिडिसी कम्पनीबाट विदेशी लगानी ल्याउन सफल भएको अग्रवालले बताए।

तर, अगामी दिनमा विदेशी लगानी भने नल्याउने र आन्तरिक ऋणबाट काम गर्ने उनले जानकारी गराए।

त्यस्तै, कम्पनी पब्लिक कम्पनी भइसकेको अवस्थामा आइपिओ जारी गर्न तयारी सुरु गरेको बताए।

‘हामीलाई आइपिओ जारी गर्ने समय बाँकी छ र त्यसको तयारी गरिरहेका छौं,’ अग्रवालले भने।

त्यस्तै, कम्पनीका निर्देशक मनोज अग्रवालले सबैको साथ र सहयोगका कारण २५ औं वर्ष पूरा गर्न फल भएको बताए।

वर्ल्डलिंकका प्रमुखकार्यकारी अधिकृत (सिइओ) केशव नेपालले मुलुकमा अझै पनि ‘डिजिटल डिभाइड’ कायम नै रहेको भन्दै त्यो पुरा गर्न कम्पनीले अगामी दिनमा काम गर्ने बताए।

‘इन्टनेरनेट ग्यापलाई कसरी हटाउन सकिन्छ भनेर हामीले काम गर्दैछौं,’ नेपालले भने।

त्यस्तै, इन्टनेट प्रयोगलाई सामाजिक सञ्जालमात्र प्रयोग गर्न मात्र नभएर यसको प्रयोगमा विविधिकरण गर्ने तर्फ योजना बनाइरहेको बताए।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०४४ सालमा अनुमति पत्र प्राप्त गरेर आजसम्म आइपुग्दा विदेशी लगानी ल्याउन सफल भएको भन्दै वर्ल्डलिंकले नेपालमा इन्टरनेट सेवामा ठूलो भूमिका खेलेको बताए।

भर्चुअल कन्फ्रेरेनसमा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन, मानवसेवा अभियान्ता रामजी अधिकारी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad