नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामासहित अर्का एक पाइलटमा कोरोना संक्रमण पुष्टि भएको छ। क्याप्टेन लामाले आफू कोरोना भाइरसबाट संक्रमित भएको सार्वजनिक रुपमै बताएका छन्।
उनीसँगै शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका अर्को एक क्याप्टेनलाई पनि कोरोना पुष्टि भएको छ। उनीहरुले आइतबार स्वाब दिएका थिए। अहिले उनीहरु सोल्टी होटलमा आइसोलेसनमा बसेका छन्।
उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ।
प्रतिक्रिया