एलजी नेपालले यसपालीको पर्वलाई लक्षित गरि अपग्रेड टु हेल्दि लाइफ स्टाइल अफर ल्याएको छ। ‘स्वच्छ रहौँ र एलजीसँग अझै धेरै बचत गरौँ’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलजीको कुनै पनि घरायसी सामानहरुको खरिदमा ४० प्रतिशत छुटका साथै आकर्षक उपहारहरु प्रदान गरेको छ।
घरायसी सामानहरु खरिद गरी आफ्नो घरमा विशेष परिवर्तन ल्याउन चाहने ग्राहकहरुका लागि यो समय उत्कृष्ट अवसर हो। एलजीले यस अफर अन्तर्गत ४० प्रतिशतसम्म क्यास ब्याक साथै घरेलु उपकरणहरु खरिद गर्दा अकर्षक उपहार प्रदान गरेको छ।
घरेलु उपकरण अन्तर्गत साईड बाई साईड रेफ्रीजेरेटर खरिद गर्दा एलजीको माईक्रोवेभ वोभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्चर, ८ केजी सम्मको फ्रन्टलोड वासिङमेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, ९ केजी भन्दा माथि र वासर ड्रायर वासिङमेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आईरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडान जस्ता उपहारहरु साथै अकर्षक छुट पनि प्रदान गरेको छ।
साथ साथै टीभी म्युजिक सिस्टम, भ्याकुम क्ल्निर, सिङगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४० प्रतिशतसम्म क्यास ब्याक पनि प्रदान गरेको छ।
यो अफर भदौ २८ गतेदेखि सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू हुनेछ।
एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रा.ली. रहेको छ।

प्रतिक्रिया