कारोबार


मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कारबाही : ठेक्का रद्द, धराैटी जफत हुने

मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कारबाही : ठेक्का रद्द, धराैटी जफत हुने

नेपालखबर
भदौ २१, २०७७ आइतबार १०:३,

कृषि सामग्री कम्पनीले समयमा मल आपूर्ति नगर्ने दुई ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ।

कृषि मन्त्रालय अन्तर्गतको सो कम्पनीले मल आपूर्तिका लागि ठेक्का लगाएकाे थियो।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई कारबाही गर्ने निर्णय भएको हो।

कृषि सामग्री कम्पनीले दुवैसँगको ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने, समयमै मल आपूर्ति नगरेका कारण भएको क्षतिपूर्ति भराउने र कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको हो।

‘चारवटा विषयमा निर्णय भएको छ,’ कृषि मन्त्रालय स्रोतले भन्यो, ‘केही समयपछि यस विषयमा औपचारिक निर्णय सार्वजनिक हुनेछ।’

सो सरकारी कम्पनीले दुवै ठेकेदार कम्पनीलाई २५–२५ हजार मेट्रिक टन मल आपूर्ति गर्ने ठेक्का दिएको थियो।

दुवै कम्पनीले भदौ २० गतेसम्म सबै मल ल्याइसक्ने बताएका थिए।

दुवैले ५–५ करोड रुपैया धरौटी राखेका छन्। ठेकेदार कम्पनीहरुले समयमै मल नल्याउँदा प्रमुख कृषिबाली धान खेतिको समयमा देशभर मलको चरम आभाव देखिएको छ।

मल आपूर्तिको समय सकिनु एक दिनअघि दुवै कम्पनीले ठेक्काको समयअवधि बढाउन कम्पनीमा निवेदन दिएका थिए।

समयमा मल आपूर्ति नगर्ने ठेकेदार कम्पनीलाई कारबाही अघि बढाउन कृषिमन्त्री घनश्याम भुसालले गतसाता नै कृषि सामग्री कम्पनीलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad