कारोबार


नेपाली बजारमा वान प्लसका दुई मोबाइल, यस्तो छ मूल्य र फिचर

नेपाली बजारमा वान प्लसका दुई मोबाइल, यस्तो छ मूल्य र फिचर

नेपालखबर
भदौ २१, २०७७ आइतबार ७:३०,

मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ।

नयाँ पुस्तामा लोकप्रिय मानिएका वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो।

भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एसिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो। अफरअन्तर्गत एनआईसी एसिया बैंकका खातावाहकले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा ३ हजार रुपैयाँ नगद फिर्ता पाउनेछन्।

एनआईसी एसिया बैंकको इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरुले तत्काल ३ हजार रुपैयाँ नगद फिर्ता पाउने छन्। त्यसै गरी रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रुपैयाँ बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ।

विश्व बजारमा नयाँ पुस्तामा वान प्लसका मोबाइलहरु लोकप्रिय मानिन्छ। १२ जीबी ¥याम र २५६ जीबी रोम भएको वान प्लस ८ को बजार मूल्य ९३ हजार रुपैयाँ रहेको छ भने १२ जीबी ¥याम र २५६ जीबी रोमयुक्त वान प्लस ८ प्रोको बजार मूल्य १ लाख २५ हजार रुपैयाँ तोकिएको छ।

मेगा सेल मेला भदौै २६ गतेसम्म रिचार्जर एपमा सञ्चालन हुनेछ।

सेल मेलाको आकर्षणका रुपमा एमएचआई ब्राण्डको उच्च गुणस्तरको केएन ९५ बेबी मास्क रहेको छ। हरेक मोबाइल र इलेक्ट्रोनिक्सको खरिदमा रिचार्जरले १ हजार देखि ५ हजार रुपैयाँ सम्मको गिफ्ट ह्यामपर उपलब्ध गराउनेछ।

कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले सेल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउनेछ। एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने छन्।

लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा रिचार्जरले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने छ। ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार नाफा कमाउने उद्धेश्यले नभई असहज परिस्थितीमा सहज किसिमले आर्थिक व्यवस्थापन गराउँदै सेवाग्राहीलाई घरमै सामान उपलब्ध गराउन लागिएको हो।

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा सामान गरिद गर्न सक्ने छन्। कोभिड सुरक्षा उपहरण, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युम लगायतका सामान ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ।

सेलमा ‘बाई वान गेट वान फ्री को अफर समेत सञ्चालन हुनेछ। कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा निशुल्क उपलब्ध हुनेछ। सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ उपहार स्वरुप बितरण गर्नेछ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि अकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट प्राप्त हुनेछ। रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ। यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad