कोरोना प्रकोपबीच नेसन्स लिगमा शनिबार राति पोर्चुगल र क्रोएसियाबीच भिडन्त भएको थियो।
आफ्नो टोली पोर्चुगललाई समर्थन गर्न गएको रोनाल्डोले सो क्रममा दर्शकदिर्घामा बस्दा मास्क भने लगाएका थिएनन्।
कोरोना प्रकोपका बेला दर्शकदिर्घामा बस्दा अथवा मैदानमा रहेका खेलाडी बाहेकका मानिसले मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था छ।
तर रोनाल्डोले भने मास्क लगाएका थिएनन्।
भिडियोमा देखिएअनुसार एक महिला स्वयंसेवकले रोनाल्डोलाई मास्क लगाउन भन्छिन्। त्यसपछि रोनाल्डोले मास्क लगाउँछन्।
रोनाल्डो बिनैपनि रोनाल्डोको टोलीले क्रोएसियालाई शनिबार राति ४–१ ले पराजित गरेको थियो।
(भिडियो)

प्रतिक्रिया