राजनीति


राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनयन गर्ने भन्नेमा ओली-प्रचण्डबीच जुटेन सहमति

राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनयन गर्ने भन्नेमा ओली-प्रचण्डबीच जुटेन सहमति

नेपालखबर
भदौ १७, २०७७ बुधबार १४:१६,

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभाको रिक्त पदमा कसलाई मनोनयन गर्ने भन्नेबारे बुधबार भएको छलफलमा सहमति जुट्न सकेन।

‘अब भोलीको बैठकमै सबै विषयमा छलफल हुन्छ,’ प्रचण्ड निकट स्रोतले बैठकपछि नेपालखबरसँग भन्यो।

सचिवालय बैठकको पूर्वसन्ध्यामा सो बैठकका एजेण्डा तय गर्नको लागि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो।

सचिवालय बैठक भोलि (बिहीबार) बस्दैछ।

उपाध्यक्ष वामदेव गौतमले पार्टी कमिटीले फागुन १४ गते गरेको निर्णय कार्यान्वयन गर्दै आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने बताएपछि नेकपाभित्र नयाँ बहस सुरु भइरहेका बेला ओली र प्रचण्डबीच भेट भएको हो।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा मनोनयन गरी मन्त्रालयमा पनि उनैलाई निरन्तरता दिन चाहेका छन्।

याे पनि: 
सचिवालय बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफल
राष्ट्रिय सभामा जाने वामदेवको चाहना : होला त पार्टी निर्णयको कार्यान्वयन?
राष्ट्रिय सभा सदस्यमा गौतमको अडानले फेरि अप्ठेरोमा ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad