कारोबार


कोरोना संक्रमितको उपचारका लागि रेम्डेसिभिरको पहिलो ब्याचमा आइपुग्यो ४८० सिसी

कोरोना संक्रमितको उपचारका लागि रेम्डेसिभिरको पहिलो ब्याचमा आइपुग्यो ४८० सिसी

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १२:३,

कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने औषधि रेम्डेसिभिरको पहिलो ब्याच (खेप) नेपाल ल्याइएको छ।

४८० सिसीको पहिलो ब्याच आउँदा प्रति सिसी ६ हजार ४०० रुपैयाँमा बजारमा उपलब्ध गराइने येटिचेम वितरक प्रा.लि.ले जनाएको छ।

सो मुल्य रेमडिसिभिरको सबैभन्दा सस्तो दर भएको सो कम्पनीले जनाएको छ। 

अन्तर्राष्ट्रिय निर्माता सिप्ला लिमिटेडले येटिचेममार्फत् सिप्रेमी ब्राण्डनाम अन्तर्गत रेम्डेसिभिर लाइफोलाइज्ड पाउडरमा १०० एमजी इंजेक्सन पठाएको येटिचेम ग्रुपले जनाएको छ।

सो कम्पनीलाई औषधि व्यवस्था विभाग (डीडीए), स्वास्थ्य र जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ उपचारका लागि तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

येटिचेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेडका अध्यक्ष प्रभु आर वैद्यले भने, ‘हामीले दुई हजार सिसाहरूको लागि अनुमति पाएका छौं।

औषधि तीन ब्याचमा उपलब्ध हुनेछ। ४ सय ८० सिसीको दोस्रो ब्याच १० सेप्टेम्बरमा उपलब्ध हुनेछ भने बाँकी १ हजार ४० सिसी २५ सेप्टेम्बरमा उपलब्ध गराइनेछ।’

नेपालमा कोभिड–१९ बाट संक्रमितका गम्भीर बिरामीको संख्यामा उल्लेख्य बृद्धि भएपछि सरकारले गम्भीर बिरामीलाई रेम्डेसिभिर दिन सुरु गर्ने निर्णय गरेको हो।

सो औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले तय गरेको प्रोटोकलअनुसार चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा मात्र प्रयोग गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad