निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ग्राहकले अनुरोध गरेको ४८ घण्टामै इन्टरनेट जडान गर्ने प्रतिवद्धता जनाएको छ।
कम्पनीका अनुसार अब नयाँ ग्राहकहरुले आफ्नो घर वा अफिसमा भायानेट जडान गर्न चाहेमा ४८ घण्टा भित्रै उनीहरुको घरमा भायानेटको इन्टरनेट चल्न थाल्नेछ।
‘देशको विभिन्न भागमा लकडाउन भइरहेको यो महामारीको बेलामा पनि भायानेट आफ्नो ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध छ। यो नयाँ सेवाको साथ भायानेटले आफ्ना ग्राहकहरुको लागि घरबाटै काम गर्न वा पढ्नको लागि छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।’ भायानेटले भनेको छ।
भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो। आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा सधैं अगाडि रहने भायानेटले जनाएको छ।

प्रतिक्रिया