कारोबार


‘लामो समययता विदेश नगएका चौधरीलाई कोरोना सुरक्षा विधि अपनाउँदा अपनाउँदै रिपोर्ट पोजेटिभ आयो’

‘लामो समययता विदेश नगएका चौधरीलाई कोरोना सुरक्षा विधि अपनाउँदा अपनाउँदै रिपोर्ट पोजेटिभ आयो’

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ८:५२,

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ। उनले आफ्नै ट्विटर एकाउन्टबाट कोरोना पोजिटिभ रिपोर्ट आएको बताएका हुन्।

चौधरी ग्रुपका अनुसार अध्यक्ष चौधरी लामो समयदेखि विदेश पनि गएका छैनन्। उनी पहिलो लकडाउनदेखि नै नेपालभित्र नै रहेका छन्।

हाल उनलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको चौधरी स्वयंले बताएका छन्। कोरोना पोजेटिभ देखिएसँगै उनी आफ्नै घरको लाइसोलेसनमा बसेका छन्।

‘उहाँको पीसीआर टेस्ट भएको थियो, त्यसको रिपोर्ट आउनेबित्तिकै उहाँले सामाजिक सञ्जालमा जानकारी गराउनुभएको हो’, चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले नेपालखबरसँग भने। 

उनका अनुसार कन्ट्याक्ट ट्रेसिङअन्तर्गत उनको सम्पर्कमा आएका व्यक्तिहरु सबैलाई चेक जाँच समेत गराइसकिएको छ।

अरुको रिपोर्टहरु नेगेटिभ आइरहेको पौडेलले बताए। ‘तर उहाँलाई कहाँबाट सर्यो भन्ने निक्र्योलचाहिँ भइसकेको छैन’, उनले भने।

उनले केही व्यावसायिक बैठकमा सहभागी हुँदा समेत कोरोना सुरक्षाको उपाय अपनाएको बताएका छन्।

यो पनिः
उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad