ad ad

ग्लोबल


दर खुवाउन जुटाएको रकम विद्यालयलाई सहयोग

दर खुवाउन जुटाएको रकम विद्यालयलाई सहयोग

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ८:५२,

गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गलकोट नगरपालिका–७ मल्म स्थित सिरबारे प्राथमिक विद्यालयलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ। अक्षयकोषका रुपमा रहने गरी आर्थिक सहायता प्रदान गरिएको समितिका अध्यक्ष रामु थापा काजीले बताए।

पत्रकार थम्मा थापाका अनुसार समितिका पदाधिकारी, सदस्य र शुभेच्छुकबाट उक्त रकम जुटाइएको थियो। समितिको बैठकले कोरोनाका कारण तीज पर्वमा दर खुवाउने लगायतका औपचारिक कार्यक्रम गर्न नसकिएपनि महिला बालबालिकाका क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको थियो।

‘शैक्षिक विकासमा सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नै गाउँको विद्यालयलाई रोज्यौँ’, अध्यक्ष थापाले भने।

सो विद्यालयमा दलित समुदायका बालबालिका मात्र अध्ययनरत छन्। विसं २०५३ सालमा स्थापना भएको विद्यालय नजिक दलित समुदायको बाहुल्य बस्ती छ। विद्यालयको आर्थिक स्थिति पनि कमजोर छ। विद्यालयलाई पहिलोपटक अक्षयकोषका रुपमा सहयोग आएको प्रधानाध्यापक कल्पना गौतमले बताइन्।

‘विद्यालयमा अहिलेसम्म कुनै कोष थिएन’, उनले भनिन्, ‘समस्यामा परेको विद्यालयलाई सहयोग गर्ने उहाँहरु धन्य हुनुहुन्छ।’

अक्षयकोषको ब्याजबाट वर्षेनी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत/सम्मान गर्ने योजना तय गरिएको सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीले बताए। कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले १८ छात्रा र १३ जना छात्र छन्।

विद्यालयमा स्थायी र राहत गरी दुई शिक्षकको दरबन्दी रहेको अध्यक्ष दर्जीले जानकारी दिए। अन्य शिक्षक रकर्मचारीको खर्च स्थानीय स्रोतबाट धानिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दए। प्रदेश सरकारको सहयोगमा गत वर्ष दुई र यो वर्ष पनि दुई कोठे भवन बनेको वडा अध्यक्ष थापाले बताए। विद्यालयमा अहिले

अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ। कम्प्युटर लगायत प्रविधियुक्त सिकाइका लागि भने विद्यालयमा स्रोत, साधनको कमी रहेको वडा सदस्य पदमा नेपालीले बताए।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन समन्वय भइरहेको महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले बताइन्। थापाले गलकोट समाज जापान क्षेत्रीय समिति नागोयासँग समन्वय गरी उक्त रकम विद्यालयमा अक्षयकोषको रूपमा स्थापना गर्नको निमित्त भुमिका निर्वाह गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .